spot_img
Homeदेशजग्गाको विषयमा भएको दुइपक्षबीच झडपमा १० जना घाईते

जग्गाको विषयमा भएको दुइपक्षबीच झडपमा १० जना घाईते

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ कार्तिक ।
पर्सा जिल्ला पकाहामैनपुर गाउपालिकामा दुइपक्षबीच झडप हुंदा १० जना घाईते भएका छन् ।
पकाहामैनपुर गाउपालिका वडा नं. २ मा जग्गाको विषयमा दुइपक्षबीच झडप हुंदा १० जना घाईते भएका हुन ।
जग्गाको विषयमा धर्मजित मेहता र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवैपक्षबीच विवाद भएर झडप हुंदा दुवैतर्फका १० जना घाईते भएका हुन् ।
धरमजित महतो र किशोरी महतोबीच लामो समय देखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।
अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न भने पनि उनले बढी जग्गा भोगचलन गर्न खोज्दा धरमजीत महतो पक्षले अवरोध गरे पछि दुवै पक्ष बीच झडप भएको हो ।
किशोरी महतो पक्षले बढी रहेको जग्गा भोगचलन गर्दा धर्मजित महतो पक्षले नाप नक्शा गरेर मात्रै काम गर्नु भन्दा किशोरी महतो पक्षले बल प्रयोग गरेर जोत्न खोजे पछि झडप भएको स्थानीयहरुले बताएका छन ।
झडपमा धर्मजित मेहता, सुशीला देवी, रामवती देवी, रमेश कुशवाहा, महन्थ महतो कोइरी लगायत घाईते भएका छन् । महतो पक्षका राधेश्याम, अमीर मेहता, अनिल कुशवाहा, उमेश कुशवाहा, बृजेश कुशवाहा लगायतका १०/१५ जनाको समूहमा आएकाहरुले धर्मजित महतो पक्षकालाई लाठ्ठीले एक्कासी प्रहार गर्न थालेको धर्मजित मेहताले आरोप लगाएका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -