सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ कार्तिक ।
नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य रामबाबु बैठाले शिक्षकको नक्कली नियुक्ती पत्र प्रकरणमा आफुलाई फसाउन खोजिएको बताएका छन ।
राष्ट्रिय सहारा दैनिकमा कार्तिक १७ गते प्रकासित “शिक्षकको नक्कली नियुक्ती पत्र काण्डमा पनि मुछिए बैठा” शिर्षक समाचार प्रति बैठाले प्रतिकृया दिंदै आफुलाई फसाउन खोजिएको बताएका हुन ।
बैठाले राष्ट्रिय सहाराको वाट्स्एपमा फोन गरी आफु दलित समुदायबाट अगाडि बढ्ने क्रममा रहेका बेला बिना कारण मेरो कुनै किसिमको संलग्नता नै नरहेको काण्डमा मुछिएको बताएका हुन । उनले ७ वर्ष अघिको घट्नामा अहिले मलाई फसाउन खोजिएको प्रतिकृया दिएका छन । कसले र किन फसाउन खोजिएको भन्ने उनले बताएनन् ।
बैठाले नेपाल सरकारका तत्कालिन शिक्षा मन्त्री गिरिराज मणि पोखरेलको कार्यकालमा मन्त्री समक्ष आफ्नो पहुंच रहेको भन्दै नेपाल राष्ट्रिय विद्याविठ मा.वि. श्रीपुरका शिक्षक रामप्रसाद पाण्डे मार्फत दुई जनाबाट रकम असुली गरी उनीहरुलाई नक्कली नियुक्ती पक्र दिइएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुरुप जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अगाडि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय फर्साले अनुसन्धानको क्रममा नक्कली नियुत्ती पत्र लिएका चन्द्रिका महतोलाई पक्राउ गरी केरकार गर्दा महतो कै बयानको आधारमा प्रहरीले श्री नेपाल राष्ट्रिय विद्यापिठ मा.वि. श्रीपुर वीरगंजका शिक्षक रामप्रसाद पाण्डेलाई पक्राउ गरे पछि बैठाको संलग्नता खुलेको बताइएको छ ।
अख्तियारको अनुसन्धानमा चन्द्रिका महतो र संगिता रौनियारको नियुक्ती पत्र नक्कली भएको खुले पछि जिप्रका पर्सालाई थप अनुसन्धानको लागी पत्राचार गरिएको श्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा रहेका महतो र पाण्डेको बयानको आधारमा बैठाको संलग्नता खुले पछि प्रहरीले उनलाई पनि नक्कली शिक्षक नियुक्ति पत्र प्रकरणमा मुद्दा चलाउने तयारी गरेको श्रोतबाट बुझिन आएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले भने दुई जना पक्राउ परेको बताउनु भयो ।
उहाले यस बारे थप अनुसन्धान भइरहेकाले को–को संलग्न छन भन्ने बताउन नमिल्ने बताउनु भएको थियो ।
शिक्षकको नक्कली नियुक्ती पत्र प्रकरणमा आफुलाई फसाउन खोजिएको हो–बैठा
Facebook Comments Box
सम्बन्धित खबर