spot_img
Homeदेशशिक्षकको नक्कली नियुक्ती पत्र काण्डमा पनि मुछिए बैठा

शिक्षकको नक्कली नियुक्ती पत्र काण्डमा पनि मुछिए बैठा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ कार्तिक ।
नेकपा माओवादी केन्द्रका नेता रामबाबु बैठा शिक्षकको नक्कली नियुक्ती पत्र काण्डमा मुछिएका छन ।
यस अघि प्रहरीमा जागिर लगाउने भन्दै रकम ठगी काण्डमा मुछिएका बैठाले दुई जनासंग रकम असुली गरी नक्कली नियुक्ती पत्र दिइएको समाचार बाहिरिएको छ ।
माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य रहेका बैठाले नेपाल सरकारका तत्कालिन शिक्षा मन्त्री गिरिराज मणि पोखरेलको कार्यकालमा मन्त्री समक्ष आफ्नो पहुंच रहेको भन्दै नेपाल राष्ट्रिय विद्याविठ मा.वि. श्रीपुरका शिक्षक रामप्रसाद पाण्डे मार्फत दुई जनाबाट रकम असुली गरी उनीहरुलाई नक्कली नियुक्ती पक्र दिइएको समाचार बाहिरिएको हो ।
नियुत्ति पत्र लिएका चन्द्रिका महतो र संगिता रौनियार बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा छानबिन हुंदा बैठाको नक्कली नियुक्ती पत्र काण्ड बाहिरिएको हो ।


समाचार श्रोतका अनुसार अख्तियारको अनुसन्धान पश्चात महतो र रौनियारको नियुक्ती पत्र नक्कली रहेको देखिए पछि पक्राउ परेका चन्द्रिका महतोले शिक्षक पाण्डे मार्फत नियक्ती पत्र प्राप्त गरेको दिएको बयानको आधारमा प्रहरीले शिक्षक पाण्डेलाई पक्राउ गरे पछि बैठाको संलग्नता खुलेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा रहेका महतो र पाण्डेको बयानको आधारमा बैठाको संलग्नता खुले पछि प्रहरीले उनलाई पनि नक्कली शिक्षक नियुक्ति पत्र काण्डमा मुद्दा चलाउने तयारी गरेको श्रोतबाट बुझिन आएको छ ।
यद्यपी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारती संग बुझ्दा उहाले दुई जना पक्राउ परेको बताउनु भयो ।
उहाले यस बारे थप अनुसन्धान भइरहेकाले को–को संलग्न छन भन्ने बताउन नमिल्ने बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -