spot_img
Homeदेशखानेपानी मन्त्री यादवद्वारा वीरगंज कारागारको निरीक्षण

खानेपानी मन्त्री यादवद्वारा वीरगंज कारागारको निरीक्षण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ कार्तिक ।
खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज कारागारको अनुगमन गरी कैदी बन्दीहरूको जीवनस्तर, भौतिक सुविधा र उनीहरूले भोगिरहेका समस्याहरूको जानकारी लिनुभएको छ ।
शनिवार बिहानै कारागारको अनुगमन गर्न पुग्नुभएका मन्त्री यादवले कैदीहरूसंग संवाद गर्दै, उनीहरूको समस्याहरु बारे जानकारी लिंदै सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कैदीहरूले कारागारमा शौचालयको अभाव, विद्युत् आपूर्तिमा असुविधा, खानेपानीको कमी र महिला कैदीहरूको लागि जीर्ण भवनको अवस्था जस्ता समस्या राखेका थिए ।
महिला कैदीहरूले आफ्नो बसोवास स्थान असुरक्षित र अस्वास्थ्यकर रहेको गुनासो गर्दै स्वास्थ्य तथा सरसफाइका आधारभूत सुविधाहरू सुधार गर्न आग्रह गरेका थिए ।
मन्त्री यादवले कैदीहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएको बताउदै कारागारमा रहेका प्रत्येक व्यक्तिले आधारभूत सुविधा पाउनु पर्छ । विशेष गरी महिला कैदीहरूको लागि शौचालय, बसोबास, र खानेपानीको उचित व्यवस्थापन प्राथमिकताका साथ गरिने छ भन्नु भयो ।
उहाले यसका लागि सरोकारवाला निकायहरूसंग आवश्यक छलफल गरी शीघ्र सुधारात्मक कदम चाल्ने बताउदै महिला कैदीहरूको सुविधामा विशेष ध्यान दिई कारागारको पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशन पनि दिनुभयो ।
अनुगमनमा मन्त्री यादव संगै सहभागी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कारागार सुधारमा महानगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाले महानगरपालिकाले महिला कैदीहरूको स्वास्थ्य, सरसफाइ, र अन्य आधारभूत आवश्यकताहरू पूरा गर्न तत्पर रहेको बताउदै महिला कैदीहरूलाई सुरक्षित र सम्मानजनक वातावरण दिन स्थानीय तहले राज्यका अन्य निकायहरूसंग सहकार्य गर्ने बताउनु भयो ।
मेयर सिंहले विशेष गरी महिला कैदीहरूको जीर्ण अवस्थालाई सुधार गर्न महानगरको तर्फबाट आवश्यक सहयोग पनि उपलब्ध गराइने बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -