spot_img
Homeदेशबाल शिक्षाका ८६ विद्यार्थीलाई स्कूल ब्याग वितरण

बाल शिक्षाका ८६ विद्यार्थीलाई स्कूल ब्याग वितरण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० असोज ।
साहिब दरबारको ५ औं वार्षिकोत्सवाको अवसरमा त्रिजुद्ध माविको बालविकास कक्षामा अध्यन्नरत ८६ जना विधार्थीहरुलाई स्कूल ब्याग प्रदान गरिएको छ ।
साहिब दरबार सिवान भारतका संस्थापक एवम सरकार जि महाराजले एक कार्यक्रम विच बालविकास कक्षाका शिशुहरुलाई व्याग प्रदान गर्नुभएको हो ।
कार्यक्रममा साहिब दरबार वीरगंजका संरक्षक एवम वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि वीरगंज महानगरपालिकाले विभिन्न निकायको सहयोगमा काम गर्दै आएको बताउनुभयो ।
उहाले वीरगंजको शैक्षिक क्षेत्रमा १ शताब्दी भन्दा बढी समयदेखि त्रिजुद्ध माविले खेलेको भुमिकाको सबैले उच्च मूल्यांकन गर्नुपर्ने बताउदै दरबार हाई स्कूलपछि देशकै दोश्रो विधालयको रुपमा त्रिजुद्ध मावि रहेको बताउनु भयो ।
कार्यक्रममा आजका बालबालिका भोलीका देशका कर्णधार भएकाले बालबालिकाको शिक्षामा विषेश जोड दिनुपर्नेमा साहिब दरबारका संस्थापक सरकार जि महाराजले जोड दिनुभयो ।
विधालयका प्रधानाध्यापक नविन कुमार मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा भारतको सिवानबाट आएका साधुहरु, वीरगंजका समाजसेवीहरु, शिक्षविद, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -