spot_img
Homeदेशविधार्थीको अनुपातमा शिक्षकको माग गर्दै प्रदर्शन

विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै प्रदर्शन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ असोज ।
आम जनता पार्टी (आजपा) निकट आम विधार्थी मोर्चाले विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै प्रदर्शन गरेका छन ।
आजपा मधेश प्रदेशको निर्णय अनुरुप मधेसमा विधार्थीको अनुपातमा शिक्षक नभएको भन्दै उनीहरुले थालेको आन्दोलन अन्तरगत बुधवार वीरगंजमा प्रदर्शन गरेका हुन ।
सरकारले राष्ट्रिय शिक्षा दिवस मनाइरहेको बेला मधेसका विधार्थीहरुले शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रिएका हुन ।
आम विधार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहाको नेतृत्वमा बुधवार वीरगंजमा विधार्थी, शिक्षक, अभिभावक सहित स्थानीयको सहभागितामा प्रदर्शन भएको हो ।
विधार्थीको अनुपात तहगत र बिषयगत शिक्षकको व्यवस्था गर्न सरकारसंग पटक–पटक माग गर्दा पनि कुनै सुनुवाई नभए पछि बाध्यभएर आन्दोलनमा उत्रिनु परेको प्रदर्शनमा सहभागीहरुले बताएका छन ।
आजपा मधेस प्रदेश समितिले शिक्षकको माग गर्दै आम शैक्षिक हडताल सहित आन्दोलनका बिभिन्न कार्यक्रमहरु घोषणा गरेको छ । जस अनुरुप मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्ताललाई लक्षित गरी पुर्व घोषणा अनुरुप आन्दोलनका बिझिन्न कार्यक्रमकै त्रममा बुधवार प्रदर्शन गरिएको जनाएको छ ।
त्यस्तै आजपाले संविधान दिवसकै दिन असोज ३ गते संविधानको अन्त्यष्टी यात्रा प्रत्येक जिल्लामा निकाल्ने जनाएको छ भने वीरगंज र जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -