सहारा दैनिक

spot_img
Homeदेशलेदो माटोले नौबिसे नागढुंगा सडक दुईतर्फि अवरुद्ध

लेदो माटोले नौबिसे नागढुंगा सडक दुईतर्फि अवरुद्ध

धादिङ, २४ भदौ (रासस)
त्रिभुवन राजपथअन्तर्गत नौबिसे नागढुंगा सडकखण्ड लेदोसहितको पहिराले अवरुद्ध भएको छ ।
धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फि अवरुद्घ भएको हो । लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जीप लेदोमा फसेको छ ।
निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्घ हुँदा सवारीको जाम लागेको छ । काठमाडौँबाट पूर्व–पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बससहित साना ठूला सबै सवारी सडकमै रोकिएका छन् ।
राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकोले खुलाउन पाँच घण्टाभन्दा बढी समय लाग्ने जिल्ला प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । निरन्तर पानी परिरहेकाले लेदो पन्छाउन कठिनाइ भइरहेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -