सहारा दैनिक

spot_img
Homeदेशमन्त्री राजकुमार गुप्ता सम्मानित

मन्त्री राजकुमार गुप्ता सम्मानित

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ भदौ ।
नेकपा एमाले मधेश प्रदेश कमिटीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता लाई सम्मान गरेको छ ।
नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले मधेश प्रदेश स्थित महोक्तरी जिल्लाको बर्दिबासमा आयोजना गरेको कार्यत्रम विच मन्त्री गुप्तालाई सम्मान गरेको हो ।
मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले मन्त्री गुप्तालाई दोसल्ला ओढाएर सम्मान गर्दै सरकार सञ्चालनमा सकृय भूमिका खेल्न आग्रह गर्नु भयो ।
अध्यक्ष मण्डलले मन्त्री गुप्ताले संघीय मामिला र सामान्य प्रशासनमा देखिएको चुनौतीहरूको सामना गर्न, विशेषगरी मधेश प्रदेशको विकास र समृद्धिका लागि उहाँले अझै बढी सक्रियता देखाउनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेकपा एमालेका नेताहरु/कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -