सहारा दैनिक

spot_img
Homeदेशसैनिक एकल महिला, घाइते परिवार संघको प्रधानमन्त्रीलाई आग्रह

सैनिक एकल महिला, घाइते परिवार संघको प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ, २० भदौ (रासस)
सैनिक एकल महिला, घाइते परिवार संघले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन जारी भएकामा स्वागत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा संघका अध्यक्ष शोभा बिसीसहितले आफूहरुले न्याय पाउने आशा व्यक्त गर्नुभयो ।
नेपाली सेनामा कार्यरत सुरेन्द्र विसीको सशस्त्र द्वन्द्वको समयमा अर्घाखाँचीको सन्धिखर्कमा २०५९ भदौ २३ गते तीजको दर खाने दिन हत्या गरिएको थियो ।
उक्त दिनको सम्झाना गर्दै संघका पदाधिकारीहरुले प्रधानमन्त्री ओलीलाई भेटेर द्वन्द्वकालीन मुद्दालाई निष्पक्ष र न्यायपूर्ण ढंगले पीडित मैत्रीपूर्ण ढंगबाट कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -