spot_img
Homeअपराधखोटा चलन मुद्दामा फरार अंसारी पक्राउ

खोटा चलन मुद्दामा फरार अंसारी पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० भदौ ।
खोटा चलन मुद्दामा अदालतबाट कैद र जरिवानाको आदेश पश्चात फरार रहेका प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी कारवाहीको सिलसिलामा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले खोटा चलन मुद्दामा फरार रहेका सिम्रौनगढ न.पा. वडा नं. ०४ बस्ने अं. वर्ष ३८ को मकसुद अंसारीलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले खोज तलासको क्रममा लुकीछिपि बसेको अवस्थामा अंसारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
अंसारी उपर खोटा चलन मुद्दामा २ वर्ष कैद र रु. ४ लाख ७६ हजार ८ सय जरिवाना हुने अदालतको आदेश रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -