सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० भदौ ।
शौचालयको फोहोर सोझै नालामा खसाउने होटल कन्ट्री इनलाई वीरगंज महानगरपालिकाले रु. २५ हजार जरिबाना गरेको छ ।
राश्वपा पर्सा इन्चार्ज एवं होटल एशोसियशन पर्साका अध्यक्ष हरि पन्तद्वारा संचालित होटल कन्ट्रि इनले शौचालयको दुर्गन्धित फोहोर सोझै नालामा खसाएको भेटेपछि जरिबाना गरिएको महानगरका सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले जानकारी दिए ।
पन्तद्वारा संचालित होटलले सरसफाईमा लापरवाही गरेको भेटिएपछि कारबाही स्वरुप जरिबाना गरिएको मियाँले बताए ।
जथाभावी फोहोर फाल्ने संघसंस्था तथा व्यक्तिलाई जरिवाना गर्दै आएको महानगरले फोहोर संकलनका लागि दैनिक तीन पटक टोलटोलमा ट्याक्टर सहित सफाइकर्मी परिचालन गर्ने गरेको छ ।
सरसफाईमा शुन्य सहनशीलता अपनाएको महानगरले जथाभावी फोहोर फाल्ने जो कोहीलाई पनि जरिबाना गरेर सचेत गराउदै आएको उनले बताए ।
Facebook Comments Box