सहारा दैनिक

spot_img
Homeअन्तर्राष्ट्रियहिन्दू किशोरको हत्यापछि “कथित गौरक्षक” को सूची संकलन गर्दै भारतीय प्रहरी

हिन्दू किशोरको हत्यापछि “कथित गौरक्षक” को सूची संकलन गर्दै भारतीय प्रहरी

नयाँदिल्ली, २० भदौ (रासस/एएफपी)
गाईको मासु तस्करी गरेको आरोपमा एक युवकको गोली हानेर हत्या भएपछि भारतीय प्रहरीले अनुसन्धानका लागि बिहीबार “कथित गौरक्षक” को सूची संकलन गरिरहेको बताएको छ ।
गत महिना उक्तरी हरियाणा राज्यमा १९ वर्षीय हिन्दू आर्यन मिश्राको हत्याले असामान्य आत्रोश निम्त्याएको छ ।
गाईलाई देशको हिन्दू बहुमतद्वारा भगवान्का रूपमा पूजा गरिन्छ र भारतीय राज्यहरूमा गाईको हत्यामा प्रतिबन्ध लगाइएको छ । अधिकारीहरूले गाईको हत्यामा संलग्न भएको आरोपमा मानिसहरूलाई आक्रमण गर्न “गौरक्षक” को गिरोह बनाउने हिन्दू कट्टरपन्थीलाई नियन्त्रण गर्न असफल भएको आरोपको सामना गर्दै आएका छन् ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा गाईवस्तु व्यापारी र गाईको मासु खानेहरूमाथि हुने आक्रमणको आलोचना गर्नुभएको थियो । तर उहाँको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दू राष्ट्रवादी अभियानले चरमपन्थीहरूलाई प्रोत्साहित गरेको आलोचकहरु बताउँछन् ।
कथित गौरक्षक समूहले गाईको मासु ओसारपसार गरेको विश्वासमा अगस्त २४ मा मिश्रको हत्या गरेको थियो । हत्याका सम्बन्धमा पाँच जनालाई पक्राउ गरिएको छ ।
प्रहरीले कथित गौरक्षकटोलीको गतिविधि ट्रयाक गर्न “गौरक्षकहरूको सूची” तयार गरिरहेको हरियाणाका वरिष्ठ प्रहरी अधिकारी अमन यादवले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -