सहारा दैनिक

spot_img
Homeअर्थभन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ भदौ ।
सशस्त्र प्रहरी बल पर्साले बरामद गरेको भन्सार छलीका सामानहरु भन्सार कार्यालयमा दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म वीरगंजबाट खटिएको टोलिले र बि.ओ.पि. अमरपट्टीबाट खटिएको टोलिले नियन्त्रणमा लिएको भन्सार छलीका सामानहरु आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म वीरगंजबाट खटिएको टोलिले वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वा स्थित भारतबाट नेपाल प्रवेश गर्ने विभिन्न सीमा नाकाहरुबाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी तथा स्वयम् व्यक्तिले पैदल बोकेर नेपालतर्फ ल्याउदै गरेको अवस्थामा मुल्य रु. १० लाख ५६ हजार ३ सय ३० मुल्य बराबरको किराना सामान, कपडा, जुत्ता, मोवाईल पार्टस र कम्प्युटर पार्टस बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यसै गरी सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. अमरपट्टीबाट खटिएको टोलिले विन्दवासिनी गा.पा–३ छठघाटबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको रु. ७६ हजार ९ सय ८० मुल्य बराबरको कपडा बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -