spot_img
Homeदेशप्रहरीले द्वयध नागरिक उपर कडा निगरानी गर्ने भनिए पनि अनुसन्धान भने ठप्प...

प्रहरीले द्वयध नागरिक उपर कडा निगरानी गर्ने भनिए पनि अनुसन्धान भने ठप्प झैं

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ भदौ ।
द्वयध नागरिकहरु विरुद्धका मुद्दामा गम्भिरता पुर्वक अनुसन्धान गर्ने अभियान चलाएको भनिएको पर्सा प्रहरीको अनुसन्धान सुस्त भन्दा पनि ठप्प नै भए जस्तो देखिएको छ ।
मुद्दा टुंगो लागी सकेको अर्थात विगतमा पर्सा प्रहरीले नै अनुसन्धान गरेर दिएको प्रतिवेदन कै आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले तामेलीमा राखेको भए पनि त्यही विषय बस्तुलाई लिएर रिसइभि साधन दिएको उजुरी कै आधारमा निर्विवाद एवं समाजसेवी उद्योगीलाई थुनेर द्वयध नागरिकहरु विरुद्धका मुद्दामा गम्भिरता पुर्वक अनुसन्धान गर्ने अभियान चलाउने पर्साका प्रहरी प्रमुखले प्रतिवद्धता अभिव्यक्त गरेका भए पनि हाल सम्म अर्को कुनै मुद्दामा अनुसन्धान अगाडि बढाएको पाइएको छ ।
उद्योगी निरञ्जन अग्रवाललाई पक्राउ गरेको घटना बारे बजारमा “छोरी कुटेर बुहारी तर्साउने” अभियान त चलाएको होएन भन्ने अहिले चर्चा चलेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी आसमान तामाङले दोहोरो नागरिकता लिएकाहरु विरुद्ध कतिपय पोक्ता प्रमाण सहित परेका उजुरीहरु जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुसन्धान गरी आवस्यक कारवाही गर्न मिशिलहरु नै पठाएका थिए ।
जिल्ला प्रशासन कार्यालयले पठाएको झण्डै १०२ थान मिशिल सम्बन्धमा हाल सम्म जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान नै नथालेको श्रोतबाट बुझिन आएको छ ।
छानविनका लागी आएको मिशिल बारे अनुसन्धान नै प्रारम्भ नै नगरेका जिल्ला प्रहरी कार्यालयले ति नै जिल्ला प्रशसन कार्यालयले तामेलीमा राखेको मुद्दालाई लिएर पछिल्लो महिना उद्योगी अग्रवाललाई भने पक्राउ गरी हिरासतमा पनि राख्न भ्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा नागरिकतासम्बन्धी उजुरीहरूको चाङ लागेको छ । नागरिकता सम्बन्धी उजुरीका फाइलहरूको संख्या अत्याधिक भए पनि अनुसन्धानको गति भने सुस्त मात्र नभइ ठप्प झैं रहेको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीले भने अनुसन्धान भए रहेको बताउनु हुन्छ । उहाले प्रहरीको अनुसन्धान गर्ने आफ्नै शैली हुन्छ, गर्दै छौं भन्नु भयो ।
उहाले कुनै पनि जाहेरीलाई टुंगोमा पुर्‍याउन समय लाग्ने बताउदै अनुसन्धानका क्रममा धेरै आधारप्रमाणहरू बुझ्नुपर्ने कारणले ढिलाइ हुने गरेको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि आएका र जिल्ला प्रहरी कार्यालयमा आएको फाइलहरूको संख्या ११७ रहेको प्रहरी कै दावी छ ।
यसरी प्रशासनबाट आएका र प्रहरीतर्फ दर्ता भएका उजुरीहरू गरेर कुल ११७ वटा फाइलमा प्रहरीले अनुसन्धान गर्नुपर्ने भए पनि टुंगो लागेको विषयलाई लिएर एक उद्योगीलाई मात्र लक्षित गरी पक्राउ गर्नु अन्य बारे कानुनी रुपमा कुनै चासो नदेखाउनु प्रवृती कै कारण “छोरी कुटेर बुहारी तर्साउने” निति अवलम्बन गरी अनैतिक लाभ लिने योजना हो की भन्ने अहिले बजारमा आम चर्चा छ ।
अग्रवालको मुद्दा पनि विवादित बनेको छ, किनकि विगतमा यो मुद्दामा तीन पटक अनुसन्धान भइ तामेलीमा राखिएको थियो। उक्त मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमार्फत आएको भए पनि उद्योगीलाई धरौटीमा छुटाइएको थियो ।
प्रशासनबाट प्रहरीमा आएका थुप्रै फाइलहरू वर्षौंदेखि थन्किएका छन । अहिले सम्म प्रहरीबाट अनुसन्धान गरी मुद्दामा लगेका फाइलहरूको संख्या नगन्य रहेको जनाइएको छ ।
वीरगंजको व्यापारिक क्षेत्रमा नागरिकता सम्बन्धी उजुरीहरूलाई स्थानीय प्रहरी र प्रशासनले कमाउने साधन बनाएको आरोप पनि लाग्ने गरेको नौलो होइन ।
व्यापारिक समुदायका केही व्यक्तिहरूले उजुरीहरूको अनुसन्धान अघि नबढ्नुको पछाडि अनधिकृत लाभ लिने प्रवृत्ति रहेको आरोप लगाएका छन ।
२०६३ सालमा सरकारले टोली खटाएर जन्मको आधारमा नेपाली नागरिकता बांडेको समयदेखि नै नागरिकता सम्बन्धी उजुरी दिने क्रम बढेको हो । कतिपयले भारतीय नागरिक हुंदा हुंदै पनि नेपाली नागरिकता जन्मको आधारमा लिएका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -