सहारा दैनिक

spot_img
Homeअर्थविल विजक नभएको समान सहित एक ट्रक नियन्त्रण

विल विजक नभएको समान सहित एक ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
कलैया, १८ भदौ ।
बारा प्रहरीले ९८ लाख भन्दा बढिको विल विजक नभएको समान सहित एक ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको टोलीले विल विजक नभएको समान सहित एक ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले मंगलवार दिउसो जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. २१ स्थितमा वीरगंजबाट बांके तर्फ जांदै गरेको बा.प्र. ०३–००१ ख २४३८ नं. को ट्रकलाई ई रोकेर चेक जांच गर्दा विल विजक नभएको अवस्थामा उक्त ट्रकमा लोड रहेको अं.मुल्य रु. ९८ लाख ५८ हजार ५ सय ३१ मुल्य बराबरको समानहरु नियन्त्रणमा लिइ आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
त्यसै गरी ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले बिश्रामपुर गा.पा. वडा नं. १ स्थितमा भारतबाट नेपालतर्फ भन्सार छली गरी मो.सा.मा ल्याउदै गरेको अं. मुल्य रु. ३ लाख ५० हजार मुल्य बराबरको कपडा (कुर्तासुरुवाल, सुति साडि, मखमलको ब्राउज, साडी) नियन्त्रणमा लिएको प्रनाउ सापकोटाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -