सहारा दैनिक

spot_img
Homeदेशवीरगंजमा जथाभावी पर्चा, पम्लेट, ब्यानर टांस्ने वा झुण्ड्याउन नपाउने

वीरगंजमा जथाभावी पर्चा, पम्लेट, ब्यानर टांस्ने वा झुण्ड्याउन नपाउने

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ भदौ ।
सरसफाईलाई दिगो र प्रभावकारी बनाउन वीरगंज महानगरपालिका कडा एक्सनमा उत्रिएको छ ।
जरिबानामार्फत सहर सफाईलाई क्लिन बनाउदै आएको महानगरले अब माइकिङ मार्फत टोलटोलमा पुगेर सचेत गराउन पनि सुरु गरेको हो ।
सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै टोलटोलमा पुगेर सचेत गराउन थालिएको सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले जानकारी दिए ।
नगरलाई सफा स्वच्छ राख्ने मेयर राजेशमान सिंहको सोंच बमोजिम सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै माइकिङ मार्फत टोलटोलमा पुगेर नागरिक स्तरमै सचेतना जगाउने कार्य सुरु गरिएको उनले बताए ।
जरिबाना मात्रै नभई नागरिकलाई फोहोर गर्नुहुंदैन भन्ने धारणा वृद्धि गराउन सचेतना अभियान थालिएको हो, उनले भने यो अभियान अन्तर्गत हरेक दिन हामी टोलटोलमा पुगेर नागरिकलाई सचेत गराउने छौं ।
त्यस्तै महानगरले सडकका पोल र भित्तामा जथाभावी पर्चा पम्प्लेट टांस्न रोक लगाएको छ । शहरलाई अशोभनीय बनाएको भन्दै महानगरले नगर सचेतना अभियान थाल्दै पर्चा, पम्प्लेट र होडिंग बोर्ड जथाभावी लगाउन रोक लगाएको हो ।
पछिल्लो समय विभिन्न विज्ञापनहरुको पर्चा पम्प्लेट विद्युत पोल, सडक तथा भवनका भित्ताहरुमा टांस्ने गरिएको छ । कलेजहरुले पनि विज्ञापनका होडिङ बोर्ड तथा ब्यानरहरु राख्ने गरेका छन् ।
अब कुनैपनि व्यक्ति वा संघसंस्थाले अनुमति नलिई जथाभावी पर्चा, पम्लेट, ब्यानर टांस्ने वा झुण्ड्याउन नपाउने महानगरले बताएको छ । कसैले टांसेको पाए कारबाही गर्नुका साथै त्यसमा लेखिएको संस्थालाई पनि कारबाही हुने शाखा प्रमुख मियाँले बताए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -