सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ भदौ ।
नेपाली कांग्रेस पर्साले जिल्लाका नेताहरुलाई विभिन्न शाखाका प्रमुखमा मनोनयन गरेको छ ।
नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले नेपाली कांग्रेसको विधान बमोजिम जिल्ला कार्य समिति पर्साका नेताहरुलाई विभिन्न शाखाका प्रमुखमा मनोनयन गरिएको कांग्रेस पर्साका पवक्ता रमेश पाण्डेले जानकारी दिनु भयो ।
प्रवक्ता पाण्डेले सोमवार एक प्रेस विज्ञप्ती जारी गरी नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) र नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १७ को दफा ४८ (३) बमोजिम जिल्ला कार्य समिति पर्साका सदस्यहरुलाई विभिन्न विभागका शाखा प्रमुखहरुमा मनोनयन गरिएको जानकारी दिनु भएको हो ।
जस अनुरुप बिकाश शाखा प्रमुखमा नविन सिंह, पेशागत तथा बुद्धिजिवी शाखामा ललन द्विवेदी, कृषि तथा भूमिसुधार शाखामा मदन यादव, शान्ति सुरक्षा तथा प्रशासन शाखामा दिना गुप्ता, उधोग व्यापार वणिज्य समन्वय शाखामा हिरालाल साह कानु, अभिलेख शाखामा प्रवेश सर्राफ, पचारप्रसार शाखामा धर्मेन्द्र पटेल, स्वास्थ्य शाखामा डा. रामाशंकर प्रसाद कुर्मी, गैर सहकारी संस्था, सामाजिक सेवा समन्वय शाखामा माघव राउत थारु, यूवा तथा खेलकुद शाखामा हरिन्द्र यादव, वैदेशिक रोजगार समन्वय शाखामा गम्हिरा साह तेली,ट्रेड यूनियन तथा श्रमिक समन्वय शाखामा लक्ष्मण प्रसाद कुर्मी र शिक्षा, विज्ञान तथा प्राविधिक शाखामा शैलेन्द्र यादवलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
कांग्रेस पर्साका नेताहरुलाई विभिन्न शाखा प्रमुखमा मनोनयन
Facebook Comments Box