सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ भदौ ।
जसपा नेपाल पर्सागढी नगरपालिकाको सम्पूर्ण कार्य समिति जसपामा प्रवेश गरेको छ ।
पर्सा जिल्ला पर्सागढी नगरपालिकामा जनता समाजवादी पार्टी नेपालका तर्फबाट मेयर पदका प्रत्याशी सुरज कुमार मानन्धरसहित सम्पूर्ण कार्य समितिले जसपा नेपाल परित्याग गरेका हुन ।
उनीहरूले आइतवार एक कार्यक्रम विच जसपा नेपाल परित्याग गरी अशोक राईको नेतृत्वका जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन ।
जसपा नेपाल त्याग गरी सुरज कुमार मानन्धरसँगै पर्सागढी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष एवम् नगर कमिटी अध्यक्ष खुर्सिद आलम, वडाध्यक्ष प्रत्याशी मदन चौधरी थारु, वडाध्यक्ष प्रत्याशी एवम् पूर्व वडाध्यक्ष जयनारायण चौधरी, पूर्व वडाध्यक्षहरू रामजी साह र किशुन देव प्रसाद यादव, भूषण यादवलगायतका नेता/कार्यकर्ताहरू जसपामा प्रवेश गरेका हुन ।
कार्यक्रममा नव प्रवेशीहरूलाई खानेपानी मन्त्री एवं जसपाका उपमहासचिव प्रदीप यादव, पूर्व मन्त्री इस्तियाक राई, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य एवम् निवर्तमान वडाध्यक्ष असलम आलम, वडा नं. ९ का वडाध्यक्ष रामबढाइ यादव सहित जसपाका नेताहरूले स्वागत गर्नुभएको सो पार्टीले जनाएको छ ।
जसपा प्रवेश गर्दै सुरज कुमार मानन्धरले हाम्रो यो कदमले पर्सागढी नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।
Facebook Comments Box