सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ भदौ ।
बारा प्रहरीले विल विजक भन्दा फरक सामान लोड रहेको एक ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले रु. ३८ लाख १५ हजार ४ सय ५७ मुल्य बराबरको विल विजक संग नमिलेको समान सहित डिब्बा ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले शनिवार बेलुकी जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. ०७ स्थितमा बीरगंजबाट पथलैया तर्फ जांदै गरेको ना ३ ख ८१०३ नं. को डिब्बा ट्रकलाई रोकेर चेक जांच गर्दा अं.मुल्य रु.३८,१५,४५७/–बराबरको खुद्रा समानहरु (किराना समान, पेन्टस्, स्पेर्यस पार्टस, मोटर पार्टस) सहित नियन्त्रणमा लिएको जिप्रका बाराले जनाएको छ ।
Facebook Comments Box