spot_img
Homeअर्थतस्करहरुका संरक्षक मानिएका भण्डारीको सरुवा

तस्करहरुका संरक्षक मानिएका भण्डारीको सरुवा

भागृत साह–––––––––––––––
वीरगंज, १५ भदौ ।
अवैध व्यापारी तथा तस्करलाई संरक्षण गर्ने र सोझा साझा व्यापारीलाई दुःख दिने राजस्व अनुसन्धान कार्यालय पथलैयाका शाखा अधिकृत रेशम भण्डारीको सरुवा भएको छ ।
प्रशासन समूहका भण्डारीले व्यापारी वर्गमा फैलाएको आतंकपूर्ण गतिविधिका गुनासाहरू बढ्दै गएपछि उनको सरुवा गरेको बुझिन आएको हो ।
राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत शाखा अधिकृत रेशम भण्डारीलाई संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले शुक्रवार सरुवा गरेपछि भण्डारीले राजस्व अनुसन्धान कार्यालय पथलैयामै कायम रहन शक्ति केन्द्रमा पैरवी गर्न थालेका छन ।
भण्डारी राजस्व अनुसन्धान कार्यालय पथलैयामा आए देखि नै उद्योगी व्यवसायीमा त्रास फैलाएर तस्करहरूलाई संरक्षण गरिरहेको भन्ने विषय वेलावखत चर्चामा आउने गरेको छ ।
सोही क्रममा अधिकृत भण्डारी र नासु आमिर दाहालले २०८० चैत्र ८ गते वीरगंजका चर्चित उद्योगी झिखमचन्द अग्रवालको स्वामित्वमा रहेको मुक्ति आयल, मुत्ति दाल मिल र मुक्ति राइसमा छापामारी गर्दा तीन वटै फर्मको खातावही लगायतका कागजातहरू एकै ठाउबाट नियन्त्रणमा लिएर गएपनि व्यापारी अग्रवाल संग सेटिंग गरि तत्काल दुई वटा फर्मको कागजातहरू फिर्ता गरेका थिए भने अर्को फर्ममा पनि कैफियत नदेखाएको स्रोतबाट बुझिन आएको छ ।
त्यसैगरी हालै नेपालको प्रतिष्ठित उद्योग हिमाल स्टीलमा पनि भण्डारी र दाहालले छापामारी गरि कागज पत्र नियन्त्रणमा लिई बार्गेनिङ गरिरहेको सम्बद्ध स्रोतले जनाएको छ ।
विगतमा नियन्त्रणमा लिएका कतिपय मालबाहक सवारी साधनहरूको दर्ता नै नगरी सेटिंग गरेर छाड्ने गरेको प्रमाण नै सार्वजनिक भएको थियो ।
त्यस्तै भण्डारीले रात्री गस्तीको नाममा समेत आतंक फैलाइरहेको ट्रांसपोर्ट व्यवसायीहरूले गुनासो गरेका छन ।
भण्डारीले बारा, पर्सा, रौतहट, सर्लाहीलगायत विभिन्न जिल्लाबाट आउने मालबाहक सवारी साधनहरुलाई राक्री गस्तीको त्रममा अमलेखगंजमा चेक जाँचको बहानामा रोकेर तस्करीको मालसामान एवं कैफियत हुनेहरूबाट तुरुन्त पैसा लिएर छाड्ने र बिना कैफियतका गाडीहरूलाई नियन्त्रणमा लिएर दुःख दिने गरेको गुनासा सुनिंदै आएको छ । भण्डारीले नियन्त्रणमा लिएको गाडीबाट केहि फेला नपर्दा पनि कम्ति मेस खर्च पनि असुल्ने गरेको साहुहरूले गुनासो गर्ने गरेका छन ।
प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलगायतले व्यापारी, व्यवसायी र सर्वसाधारणलाई सहजता प्रदान गर्न तथा तस्करी नियन्त्रणमा कडाई गर्न विभिन्न नितिनिर्देशनहरु जारी गरिरहेको अवस्थामा भण्डारी जस्ता कर्मचारीहरू सरकारको निर्देशनको अवज्ञा गरिरहेका छन ।
उद्योग मन्त्रालय सरुवा गरिए पछि भण्डारी राजस्व अनुसन्धान कार्यालय पथलैयामा थमौती गराउन शक्ति केन्द्रमा पैरवी गराईरहेको स्रोतबाट बुझिन आएको छ ।
भण्डारीको सरुवा भए पछि सोझा साझा उद्योगी व्यवसायीमा खुसियाली आएको छ भने तस्कर र अवैध कारोवारीहरुमा रुवावासी चलेको बताइन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -