सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ भदौ ।
स्वतन्क्र मानव अधिकार समाजले गरेको अनुगमनका त्रममा विभिन्न सामुदायीक विद्यालयहरुले बालबालिकाहरुलाई नास्ता वितरण नगरेको पाइएको छ ।
समाजका केन्द्रीय अध्यक्ष कृष्ण कुमार खनालको नेतृत्वमा वीरगंज महानगरपालिका अन्तरगतका सात सामुदायीक विद्यालयहरुमा गरिएको स्थलगत अनुगमनका क्रममा कतिपय विद्यालयहरुले नास्ता वितरण नगरेको पाइएको हो ।
जनगुनासोको आधारमा गरिएको अनुगमनका क्रममा श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालय, आर्दशनगर र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवा, श्री नेपाल रेल्वे माध्यमिक विद्यालय, श्री ताराचन्द किशनलाल आधारभूत विद्यालयले नास्ता वितरण नगरिएको पाइएको समाजका अध्यक्ष खनालले जानकारी दिनु भयो ।
श्री त्रिभूवन हनुमान माध्यमिक विद्यालय, श्री त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माध्यमिक विद्यालय र जे.पि चर्तुबेदी स्कुलले भने नास्ताको नियमित रुपमा वितरण गरिएको पाईएको उहाले जानकारी दिनु भयो ।
नास्ताका सम्बन्धमा बीरगंज महानगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयहरुलाई प्रति विद्यार्थी रु १५ का दरले नास्ताको रकम प्रदान गर्दै आईरहेको अवस्थामा विद्यालयहरुले मनलागे नास्ता दिने, नलागे नास्ता नदिने गरेको उजुरी आएपछि समाजले अनुगमन गरेको अध्यक्ष खनालले बताउनु भयो ।
त्यसै गरी समाजले बीरगंज भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँच विषयमा समेत स्थलगत रुपमा निरिक्षण गरेको जनाइएको छ ।
निरिक्षणको क्रममा सामान्य रुपमा पनि घरायसी सामानहरुमा भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो हस्तक्षेप भएको समाजले पाएको अध्यक्ष खनालले बताउनु भयो ।
उहाले चर्को घाममा नागरिकहरुसंग गरिनु पर्ने व्यवहारमा कठोरता नभइ सहजताका रुपमा सशस्त्र प्रहरीहरु प्रस्तुत हुनु पर्ने समाजको आग्रह रहेको बताउनु भयो ।
Facebook Comments Box