सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ भदौ ।
नेपाल रास्ट्रिय दलित समाज कल्याण संघ पर्साको नवै जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
जिल्ला अधिबेशनले बुनेल रामको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा निलम देबि, सचिवमा रामबेनेस पासवान, सह – सचिवमा उपेन्द्र राम, कोषाध्यक्षमा रम्भा देबि माझी र सदस्यमा क्रमश शिवदत राम, रन्जु राम, उमेश राम, उर्मिला देबि धाङड, कृष्णा पासवान, ममता पासवान रहनु भएको छ ।
संघका जिल्ला अध्यक्ष रामराज्य रामको अध्यक्षता र संघको केन्द्रिय उपाध्यक्ष मान बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम बिशिस्ट अतिथि दलित अगुवा एवं सन्चारकर्मी बृजलाल पासवान लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो भने सन्चालन कृष्णा पासवानले गर्नु भएको थियो ।
Facebook Comments Box