सहारा दैनिक

spot_img
Homeदेशनेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल

नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल

काठमाडौँ, १२ भदौ (रासस)
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई यही भदौ २४ गतेदेखि लागू हुनेगरी नियुक्त गर्नुभएको छ ।
नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -