सहारा दैनिक

spot_img
Homeदेशराजाबाबुले आफ्नै शरीरमा आगो लगाए

राजाबाबुले आफ्नै शरीरमा आगो लगाए

चितवन, ११ भदौ (रासस)
बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् ।
बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।
सोमबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका जैसवालको उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले आज जानकारी दिएको छ । उनको काठमाडौँस्थित कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नायब उपरीक्षक रिजालले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -