सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० भदौ ।
त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक केन्द्रीय विभाग सर्टिफिकेट अफ अचिभमेन्ट बाबुराम तिम्सिनाले पहिलाको घोकन्ते परिपाटीबाट निर्देशित शिक्षा भन्दा अहिलेको पद्धति अपनाई पठन पाठन गर्दा निकै उपयोगी हुने बताउनु भएको छ ।
ज्ञानदा एकेडमी वीरगंजले आयोजना गरेको भविष्यको गतिशील शैक्षिक परिदृश्यको लागि शिक्षकहरू तयार पार्न शिक्षा ४.० परिभाषित गर्ने तालिममा तिमिलसिनाले यस्तो बताउनु भएको हो ।
उहाले कक्षाकोठा र बाहिरको शिक्षाको भविष्य र त्यससंग जोडिनका लागि कस्तो प्रकारको वर्गीकरण आवश्यक पर्ने, यस पहलले नविन शैक्षिक रणनीतिहरू, सहयोगी सिकाइ अनुभवहरू बढाउन र भविष्यको गतिशील शैक्षिक परिदृश्यको लागि शिक्षकहरूलाई तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी ज्ञानदा एकेडेमीका सहभागी शिक्षकहरूलाई सम्बोधन गर्दै उहाले आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभयो ।
ज्ञानदा एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा ज्ञानदा एकेडेमीमा कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षक शिक्षिकाहरूको पनि उपस्थिति रहेको थियो ।
शिक्षकहरूका लागी शिक्षा ४.० परिभाषित तालिम
Facebook Comments Box