सहारा दैनिक

spot_img
Homeअपराधलागु औषध सहित एक महिला पक्राउ

लागु औषध सहित एक महिला पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ भदौ ।
पर्सा प्रहरीले लागु औषध सहित एक जना महिलालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी वल पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सार कार्यालय गेट अगाडिबाट लागु औषध सहित एक महिलालाई पक्राऊ गरेको हो ।
संयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने त्रममा संकाष्पदरूपमा पैदल हिंडिरहेको मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा.वडा ११ भर्यांङ टोल बस्ने बर्ष २३ की सुस्मिता परियारलाई रोकेर खानतलासी गर्दा निजले लगाएकी कालो रगंको ट्रयाक पाईन्ट मुनि दाहिने र बाँया खुट्टाको तिघ्रामा सेतो टेपले बेरी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित विभिन्न लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चेकजाँचको क्रममा परियारको शरिरबाट ल्इइएज्क्ष्ल्–१० एम्पुल, एज्भ्ल्भ्च्न्ब्ल् –१० एम्पुल र म्क्ष्श्भ्एब्–ः१० एम्पुल फेला परे पछि निजलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका पर्सा प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
त्यसै गरी जिप्रका पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी तस्करी गरी भित्राइएको रु. ५ लाख १५ हजार ३ सय ५० मुल्य बराबरको ईलेक्ट्रोनिक्स तथा खाद्यान्न सामानहरु नियन्त्रणमा लिएको प्रनाउ भारतीले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिएको उक्त मालबस्तुहरू आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -