सहारा दैनिक

spot_img
Homeदेशदुई मोटरसाइकल जुध्दा एकको मृत्यु

दुई मोटरसाइकल जुध्दा एकको मृत्यु

राजविराज, ८ भदौ (रासस)
हनुमाननगर कङ्कालिनी नगरपालिका–५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोसी बाँधमा आज दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१५ बस्ने ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिनुभयो । भारदहबाट हनुमाननगरतर्फ आउँदै गरेको स२प ७२९६ नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को३४प ५४५९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी स२प ७२९६ नंको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताउनुभयो । अर्को मोटरसाइकलका चालकसहित दुईजना घाइते भएका थिए । घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -