सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ भदौ ।
मिटरब्याजको चर्को व्याजबाट पीडित किसान (मजदुरहरूले) पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाएका छन ।
वीरगंज स्थित घण्टाघर चोकबाट निकालिएको र्याली सहित विभिन्न नारा लगाउदै नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगेर मिटरब्याज पिडितहरुले ज्ञापन पत्र बुझाएका हुन ।
शुक्रवार बुझाएको ज्ञापन पत्रमा किसानहरूलाई मिटरब्याजको भारले आर्थिक रूपमा थिचिरहेको र यसले उनीहरूको जीवनस्तर कठिन बन्दै गएको उल्लेख गरिएको छ । आन्दोलनमा सहभागी किसान(मजदुरहरूले) मिटरब्याजलाई निषेध गर्न र पीडितहरूको ऋण माफी गर्न ठोस कदम चाल्न माग गरेका छन ।
ज्ञापन पत्र बुझाउन संघर्ष समितिका अध्यक्ष कृष्ण राज ठाकुरको नेतृत्वमा रहेको टोलीका वीरगंज महानगरका अध्यक्ष शम्भु यादवले ज्ञापन पत्र बुझाउदै आन्दोलनकारीहरूको तर्फबाट प्रजिअ लाई सहजीकरण गरेका थिए ।
ज्ञापन पत्रमा सरकारको तुरुन्त हस्तक्षेप आवश्यक भएको भन्दै, यो समस्यालाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ । ज्ञापन पत्रमा किसान (मजदुरहरूको) सुरक्षाको प्रत्याभूति र न्यायिक प्रणाली मार्फत आर्थिक शोषणको अन्त्य गर्नुपर्ने माग पनि गरिएको छ ।
Facebook Comments Box