मलंगवा, ८ भदौ (रासस)
सर्लाहीको ब्रहृमपुरी गाउँपालिकामा पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ ।
ब्रहृमपुरी गाउँपालिका–२, निवासी सञ्जय साहको छोरा ६ वर्षीय अंकित साहको आज बिहान पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ९ बजेतिर नुहाउन भनी घरबाट निस्किएका बालकको घर नजिकै रहेको रामजानकी मठको पोखरीमा डुबेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ ।
मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीको डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति मुचुल्का गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको छ ।
Facebook Comments Box