spot_img
Homeदेशराजविराज–छिन्नमस्ता सडकखण्डको मर्मत कार्य यथाशीघ्र गर्न माग

राजविराज–छिन्नमस्ता सडकखण्डको मर्मत कार्य यथाशीघ्र गर्न माग

राजविराज, ५ भदौ (रासस)
राजविराज–छिन्नमस्ता सडकखण्डको मर्मत यथाशीघ्र सम्पन्न गर्न माग गर्दै आज सडक बहस तथा धर्ना कार्यक्रम गरिएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारी सडकखण्डमा बिहान १० बजेदेखि १२ “छिन्नमस्ता मन्दिरसम्म जाने मूल सडकको विषयमा फ्रमुखसँग संवाद कार्यक्रम” सहित सडकमा धर्ना कार्यत्रम गरिएको हो ।
राजविराजबाट १२ किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता मन्दिरसम्म पुग्ने बाटोको ठाउँठाउँमा खाल्डाखुल्डीका कारण पानी जमेर पोखरी बनेपछि धार्मिक पर्यटक तथा स्थानीयलाई सास्ती भएको छ । बाटो बिग्रेका कारण १२ किमीको यात्रा तय गर्न डेढ घण्टा लाग्ने गरेकाले अविलम्ब सडक मर्मत गर्नुपर्ने स्थानीयको माग छ ।
धर्नामा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्वमन्त्री उमेशकुमार यादव, वडाअध्यक्षलगायत जनप्रतिनिधिका साथै भक्तजन तथा स्थानीयवासी सहभागिता थियो । अध्यक्ष विद्यानन्द चौधरीले सडक मर्मतको माग गर्दै गत असार ३० गते सडक डिभिजन कार्यालय लहानमा धर्ना तथा काठमाडौँ पुगेर मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदा पनि आश्वासनबाहेक केही नपाइएको सुनाउनुभयो ।
हिन्दूहरू चाड बडादसैँ नजिकिँदै गएकाले त्यसअघि नै सडक निर्माण तथा मर्मत गर्न दबाब स्वरुप आज सडकमै धर्ना बस्नुपरेको उहाँको भनाइ छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -