पेन्डिंग मुद्दा दुंगो लगाउने र द्वयध नागरिक माथि कारवाही एवं निगरानी बढाउने प्रतिवद्धता व्यक्त गरेका पर्साका प्रहरी प्रमुख एसपी कुमोड ढुंगेलको प्रतिवद्धता टांइ–टांइ फिस्स हुने हो की ? भन्ने विषय अहिले वीरगंज वासीमा चर्चा परिचर्चा चल्न थालेको छ ।
निर्दोष एवं निर्विवाद ऊद्योगीलाई थुनेर केही व्यक्तीहरुको वाहवाही बटुल्ने त्रममा सर्वत्र आलोचित भएका एसपी ढुंगेलको प्रतिबद्धता प्रति प्रश्न चिन्ह खडा भएको छ ।
कैयौं प्रमाण सहितका अन्य मुद्दाहरु पेन्डिंगमा रहेका छन भने द्वयध नागरिकहरुको स–प्रमाण उजुरीहरु उपर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला प्रहरी कार्यालयलाई पठाएको दर्जनौ फाईल पनि पेन्डिंग मै छ ।
एसपी ढुंगेलले इमान्दारी एवं निस्पक्षताका साथ पेन्डिंग एवं द्वयध नागरिक उपर नै अनुसन्धान गर्ने लक्षय लिएका भए पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी आसमान तामाङले झण्डै ८ दर्जन फाईल अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय पर्सालाई पठाएका थिए ।
जुन फाईलमा द्वयध नागरिकहरु विरुद्ध उजुरीकर्ताको तर्फबाट परेका उजुरी एवं जाहेरीमा नेपाल र भारतका नागरिक रहेको प्रमाण समेत समावेस गरिएको जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ ।
यसरी दुवै देशका नागरिक रहेको प्रमाण सहित नेपाल सरकारका अर्धन्यायिक निकाय जिल्ला प्रशासन कार्यालय पर्साले अनुसन्धान गर्न पठाएको फाईल एवं जाहेरी उपर कुनै किसिमको कारवाही तथा अनुसन्धान कार्य अगाडि नबढाएका एसपी ढुंगेलले मुद्दा निरुपण भइ सक्दा पनि सोही विषयलाई लिएर एक जना निर्दोष एवं निर्विवाद तथा एक र्स्वाथ समुहबाट प्रताडित उद्योगीलाई थुनेर आफ्नो इमान्दारी उपर समेत प्रश्न चिन्ह खडा गर्न पुगेका छन एसपी ढुंगेल ।
जो स्वयम द्वयध नागरिक छन उसैको जाहेरीको आधारमा उद्योगीलाई थुनेका एसपी ढुंगेलको पछिल्लो गतिविधिले सिंगो राज्य प्रशासन प्रति आम जनता एवं उद्योगी व्यवसायीमा जतिको घृणा उत्पन्न भएका छन त्यती नै त्रास पनि छ ।
जसलाई जे–मुद्दामा भए पनि प्रताडित गर्न सक्ने भन्ने त्रास आम जनमानसमा देखिएका छन ।
पर्सा जिल्लामा आउदा देखाएको कामकारवाहीबाट एसपी ढुंगेलको छवि निकै साफ सुत्रा रहेको एवं रहने भन्ने आम चर्चा चलेको थियो । तर एक र्स्वाथ समुहको बहकावमा आएर निर्दोष उद्योगीलाई थुनेर छविलाई धुमिल्याउन पुगेका एसपी ढुंगेलले फछिल्लो घट्ना क्रमका सम्बन्धमा संचारकर्मीहरु संगको कुराकानीका त्रममा पेन्डिंग मुद्दा फरछ्यौट गर्ने र द्वयध नागरिक उपरका मुद्दामा कडा रुपमा प्रस्तुत हुने गरेका प्रतिबद्धतामा अमल रहने हुन की होइनन हेर्न बांकी छ ।