सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३२ साउन ।
पर्सा प्रहरीले ठुलो परिमाणमा लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्ला पटेर्वासुगौली गाउपालिका वडा नं.४ अकवा गाउको बांसघारीबाट विभिन्न किसिमका ४८९ किलो लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
बिभिन्न किसिमका लागु औषधहरू ठुलो परिमाणमा खरिद विक्री भईरहेको छ, भन्ने विशेष सूचनाको आधारमा खटिएका प्रहरी टोलीले पटेर्वासुगौली गाउपालिका वडा नं.४ अकवा गाउको बाासघारीमा कालिकामाई गाउपालिका वडा नं.१ मुडली बस्ने वर्ष ४० को फुलसरिफ मियाँ संकाष्पदरूपमा लुकिरहेको अवस्थामा फेला परे पछि निजलाई नियन्त्रणमा लिंदा उनको साथबाट लागु औषध गाँजा ३० किलो फेला परेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
लागु औषध सहित पक्राउ परेका मियाँलाई सार्वजनिक गर्न जिप्रकाले आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार मियाँसंग प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बांसघारीमा खाल्डो खनी बोराभित्र राखि लुकाइ छिपाई राखिएको भन्ने खुले पछि उल्लेखित स्थानमा लागु औषध चरेश १९२ किलो र गााजाको धुलो (पोलाण्ड) २६७ किलो फेला परेको प्रनाउ भारतीले जानकारी दिनु भयो ।
लागु औषध सहित पक्राउ परेका मियाँलाई जिप्रकामा ल्याई लागु औषध कसूरमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
ठुलो परिमाणमा लागु औषध सहित मियाँ पक्राउ
Facebook Comments Box