सहारा संवाददाता–––––––––––––––
मलंगवा, ३० साउन ।
पानीमा डुबेकी बालिकालाई बचाउन गएका एक जनाको खोलामा डुबेर मृत्यु भएको छ ।
सर्लाही जिल्ला बलरा नगरपालिका वडा नं. १ हथिऔल स्थित घांस काट्न जाने क्रममा खोला तर्न खोज्दा डुबेकी एक बालिकालाई बचाउन भएका स्थानीय ६० वर्षीय गजेन्द्र साहको डुबेर मृत्यु भएको हो ।
स्थानीय अजय गिरीको छोरी अ.बर्ष १२ की निशा कुमारी गिरी खोला तर्ने क्रममा डुबे पछि बचाउन गएका साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खोलामा डुबेकी निशा कुमारी बेपत्ता भएको छ भने अजय गिरीकै अर्की छोरी अ.बर्ष १५ की पिंकी कुमारी गिरी पौडी खेलेर खोलाबाट शकुसल निस्केको प्रहरीले जनाएको छ ।
बेपत्ता निशा कुमारीको खोज तलाश भइ रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box