सहारा दैनिक

spot_img
Homeअर्थपर्सा सुनचाँदी व्यवसायी संघ पदाधिकारीलाई प्रजिअको चेतावनी

पर्सा सुनचाँदी व्यवसायी संघ पदाधिकारीलाई प्रजिअको चेतावनी

निर्देशन अक्षरशः कार्यान्वयन गर्न पुनः अर्को पत्र

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ साउन ।
पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष लगायतका जिम्मेवार पदाधिकारीहरुको विधानविपरित गतिविधीले सिमा नाघेपछि पर्साका प्रमुख जिल्ला अधिकारीले चेतावनी सहितको पत्र काटेको छ ।
संघका अध्यक्ष भुलन सर्राफ लगायतले निर्वाचन लक्षित दाउपेच अन्तरगत पटक–पटक विधानलाई मिच्ने कार्यलाई निरन्तरगता दिए पछि जिल्ला प्रशासन कार्यालय पर्साबाट पनि पटक–पटक ध्यानाकर्षण गराउदा पनि अट्टेर गरे पछि सोमवार पर्सा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आफैले हस्ताक्षर गरी पुनः चेतावनीयुक्त पत्र काटेको हो ।
संघका उपाध्यक्ष जयप्रकाश सर्राफ र सचिव लक्ष्कम प्रसाद साहलाई अध्यक्ष सहित कार्य समितिले आफ्नो अधिकार बाहिर गएर कारवाही गरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्साले यस अघि शुक्रवार मात्र संघको विधान बमोजिम सात बुन्दे निर्देशन कार्यान्वयन गर्न पक्राचार गरेको थियो ।
शुत्रवार दिएको निर्देशन विपरित अध्यक्ष, महासचिव र कोषाध्यक्षले अट्टेर गदैं आइतवार उपाध्यक्ष सर्राफ र सचिव साहको सदस्यता नविकरण नगरी कार्यालयबाटै फरार भए पछि सोमवार प्रजिअ दिनेश सागर भुसालले पत्राचार गरी यस अघि दिएको निर्देशन अनुरुप उपाध्यक्ष सर्राफ र सचिव साहलाई प्राकृतिक न्यायको सिधान्त विपरित कार्य समितिलाई हुंदै नभएको अधिकार प्रयोग गरीएको र नागरिकको पेसा, व्यवसाय, रोजगार गर्ने स्वतन्त्रता नै कुण्ठित हुने गरी भएको कारवाही रद्द गरी निजहरुले संघका सदस्यले पाउने अधिकांस सुरक्षीत गर्न अक्षरशः कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
प्रजिअको पत्रमा निर्देशन विपरितको कनै पनि कार्य कानुन बमोजिम दण्डनीय हुने समेत स्मरण गराएको छ ।


२०८० माघ महिनामै कार्यकाल समाप्त भइ सकेको संघका वर्तमान कार्य समितिका अध्यक्ष सहित केही पदाधिकारीहरुले विधानविपरित कार्यकाल थप गरे पछि संघमा उत्पन्न विवादका कारण जिल्ला प्रशासन कार्यालयको पटक–पटकको ताकेता पश्चात ६ महिना पछि साउन ३२ गते अधिवेशन तोकिएको छ ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले वर्तमान अध्यक्ष भुलन सर्राफ र व्यसायीहरुका प्रिय एवं युवा व्यवसायी प्रवेश सर्राफ नेतृत्वका लागी मैदानमा उत्रिएका छन ।
चुनावी नतिजा आ–आफ्ना पक्षमा पार्न व्यवसायी मतदाता रिझाउन तर्फ लाग्नु पर्नेमा भुलन सर्राफ दाउपेच खेल्न तर्फ अग्रसर भएको भन्दै उपाध्यक्ष जयप्रकाश सर्राफले आरोप लाएका छन ।
साउन ३२ गते हुने निर्वाचनमा आफ्नो हार सुनिस्चित देखिए पछि भुलन सर्राफ व्यवसायीहरुलाई प्रताडित गर्ने र विधि विधान विपरित मतदाता थप्ने जस्ता घृणित कार्यमा सकृय भएको आरोप सचिव लक्ष्मन प्रसाश साहले लगाएका छ ।
यस सम्बन्धमा प्रतिकृया लिन संघका अध्यक्ष भुलन सर्राफको मोबाइल नं. ९८४५१०२२९९ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । अध्यक्ष पदका अर्का दावेदार प्रवेश सर्राफले भने सुनचाँदी व्यवसायीको हकहितमा काम गरेर अगाडि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
उहाले यो अधिवेशन राजनितिक दलको होइन व्यवसायीक संगठनको हो यसको नेतृत्वका लागी दाउपेच भन्दा पनि व्यवसायीहरुको हितमा काम गर्न सक्नु पर्ने र इक्षाशक्ति पनि हुनु पर्ने बताउनु भयो ।
यसरी पदाधिकारीहरुको नै विधान विपरित सदस्यता खारेज गर्ने कारवाही हारमनस्थितिको उपज भएको समेत दावी गर्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -