सहारा दैनिक

spot_img
Homeअर्थ७१ लाख भन्दा बढिको अबैध समान सहित ट्रक नियन्त्रण

७१ लाख भन्दा बढिको अबैध समान सहित ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
कलैया, २८ साउन ।
बारा प्रहरीले ७१ लाख भन्दा बढिको अबैध समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले ७१ लाख भन्दा बढिको अबैध समान सहित एक ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले बारा जिल्ला जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकमा वीरगंजबाट चितवन तर्फ जादै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकलाई रोकेर चेक जाँच गर्दा बिलबिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको र सपोटीङ बिल नभएको अं.मुल्य रू. ७१ लाख ६७ हजार ५ सय ३४ बराबरको कस्मेटिक,फैन्सि क्लोथ रेडिमेड, मिल पार्टस लगायतका अन्य खुद्रा सामानहरू समेत लोड रहेको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाईएको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -