सहारा दैनिक

spot_img
Homeदेशमधेस प्रदेशसभाबाट १९ महिनामा एक संशोधनसहित सात विधेयक पारित

मधेस प्रदेशसभाबाट १९ महिनामा एक संशोधनसहित सात विधेयक पारित

धनुषा, २८ साउन (रासस)
मधेस प्रदेशसभा दोस्रो कार्यकालको करिब १९ महिनामा एक संशोधनसहित सात वटा विधेयक पारित भएको छ ।
मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१, केही ऐन संशोधन गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालिका संरक्षण गर्न बनेको विधेयक पारित भएको प्रदेशसभा सचिवालयका निमित्त सचिव विपिन ठाकुरले जानकारी दिनुभयो ।
दोस्रो कार्यकालका लागि प्रदेशसभा गठन भएपछि जम्मा १२ वटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् । बाँकी पाँच वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा रहेको निमित्त सचिव ठाकुरले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -