सहारा दैनिक

spot_img
Homeदेशकमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

धनुषा, २७ साउन (रासस)
हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा सीमामा पर्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालय पुगेर बुझाएको ज्ञापनपत्रमा पुल निर्माणको एक सुत्रीय माग राख्दै सात दिने अल्टिमेटम पनि दिइएको सिरहा नगरपालिकाका इन्जिनियर एवं संघर्ष समितिका संयोजक प्रविनकुमार यादवले जानकारी दिनुभयो । माग सुनुवाइ नभए त्यसपछि थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने उहाँले बताउनुभयो ।
ज्ञापन पत्र बुझाउनुअघि धनुषा र सिरहाका विभिन्न ठाउँबाट राजनीतिकर्मी, बुद्धिजीवी, युवा र सरोकार भएकासहित बृहत् र्‍याली निकालिएको थियो ।
ज्ञापनपत्रमा सङ्घीयता आएको नौ वर्ष बित्दा पनि एउटा पुलको लागि केन्द्र नै जानु परे प्रदेशको औचित्य के भनेर प्रश्न गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -