सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ साउन ।
पर्सा सुनचाँदी व्यवसायी संघ वीरगंजका अध्यक्षले जिल्ला प्रशासन कार्यालयको निर्देशनको अवहेलना गरेका छन ।
जिल्ला प्रशासन कार्यालय पर्साले विधान विपरित गरेका कार्यहरु सच्याउन अर्थात विधान विपरित खारेज गरेको दुई जना पदाधिकारीको सदस्यता नविकरण गर्न दिएको निर्देशनको संघका अध्यक्ष भुलन सर्राफले अवहेलना गरेका हुन ।
शुक्रवार जिल्ला प्रशासन कार्यालयले विभिन्न सात बुन्दे दिएको निर्देशन अनुरुप सदस्यता नविकरण गर्न आइतवार संघको कार्यालयमा पुगेका उपाध्यक्ष जयप्रकाश सर्राफ र सचिव लक्ष्मन प्रसाद साहलाई फिर्ता पठाएका छन ।
नविकरण गर्न पुगेका सर्राफ र साहको सदस्यता नविकरण नगर्न कर्मचारीहरुलाई निर्देशन दिएर अध्यक्ष भुलन सर्राफ सहित महासचिव र कोषाध्यक्ष कार्यालयबाट फरार भएको व्यवसायी एवं संघको साउन ३२ गते हुने निर्वाचनका लागी अध्यक्ष पदका उम्मेदवार प्रवेश सर्राफले जानकारी दिनु भयो ।
उहाले उपाध्यक्ष सर्राफ र सचिव साह आफ्नो सदस्यता नविकरण गर्न पुग्दा कर्मचारीहरुलाई जिल्ला प्रशासन कार्यालयको निर्देशन नमान्न आदेश दिएर अध्यक्ष, महासचिव र कोषाध्यक्ष कार्यालय छाडेर फरार भएको आरोप लगाए ।
जिल्ला प्रशसन कार्यालयको उपाध्यक्ष सर्राफ र सचिव साहको सदस्यता विधान विपरित खारेज गरेको देखिएको भन्दै विधान सम्मत नविकरण गर्न शुक्रवार नै लिखित निर्देशन दिएको थियो ।
सिडिओको विधिसम्मत निर्देशनको भुलनले गरे अवहेलना
Facebook Comments Box