सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ साउन ।
उद्योगी निरञ्जन अग्रवालको नागरिकता विरुद्ध उजुरी दिने नरेश ठाकुर स्वयम द्वयध नागरिक भएको खुलेको छ ।
साविक पर्सा जिल्ला सिर्सिया गाविस हाल वीरगंज महानगरपालिका वडा नं. २५ सिर्सिया निवासी ठाकुरका बाबु भैयाराम ठाकुर भारतीय नागरिक भएको र हत्या आरोपमा फरार भई नेपाल स्थित सिर्सियामा बसोबास गरेको एक भारतीय अदालतको पक्राउ आदेशले पुष्टि गरेको छ ।
राष्ट्रिय सहारालाई प्राप्त विवरण अनुसार नरेश ठाकुरका बाबु भैयाराम ठाकुर भारत विहार राज्य रमगढवा थाना चम्पापुर निवासी भएको र निजले आफ्नै सौतेली आमाको हत्या गरी फरार भएको छ ।
भैयाराम ठाकुरले सन १९९५ मा जग्गा विवादका कारण आफ्नै सौतेली आमा सहोदरा दासको हत्या गरेको आरोपमा निज विरुद्ध जिल्ला न्यायधिस कार्यालय पुर्वी चम्पारण मोतिहारीले पक्राउ आदेश जारी गरेको प्रक्राउ पुर्जीको नक्कल राष्ट्रिय सहारासंग सुरक्षित छ ।
मोतिहारी न्यायधिस कार्यालयले भैयाराम ठाकुरलाई बिहार राज्य रमगढवा थाना चम्पापुर निवासी भएको दावी समेत गरेको छ ।
भैयाराम ठाकुर भारतीय हुन भने निजका सन्तान नरेश ठाकुर स्वतः भारतीय हुने ठहर्छ । ठाकुरले नेपालबाट वंसज नागरिकता कसरी प्राप्त गरे अनुसन्धानको विषय रहेको देखिन्छ ।
नरेश ठाकुर विगतमा विभिन्न उद्योगी व्यवसायीलाई मुद्दा मामिला अल्झाएर अवैध रकम असुली धन्धामा रहेको चर्चा कायम रहेको छ । यसै क्रममा निजले निरञ्जन अग्रवाल संग पनि विभिन्न माध्यमबाट माग गरेको रकम नदिए पछि अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा पनि उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरी अग्रवाल भारतीय भएको कुनै प्रमाण फेला नपरे पछि निज विरुद्धको मुद्दा तामेलीमा राख्ने आदेश दिए पछि ठाकुरले पुनः २०७६ सालमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए ।
जिल्ला प्रशासन कार्यालयले तामेलीमा राखेको मुद्दालाई सोही विषय बस्तु र विवरण उल्लेख गरी जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी सम्बन्धमा प्रहरीले पनि अध्ययन गर्नु पर्ने र उजुरी कर्ताको हो ? के नियतले उजुरी दिएको हो ? भन्ने तर्फ पनि प्रहरीको अनुसन्धान केन्द्रित हुनु पर्ने बुद्धिजिवी वर्गको तर्क छ ।
तिनै द्वयध नागरिक ठाकुरको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले निर्विवादित एवं समाजसेवी उद्योगी अग्रवाललाई पछिल्लो ११–१२ दिन देखि थुनामा राखेको छ ।
पर्साका प्रहरी प्रमुख प्रउ कुमुद ढुंगेलले भने मुद्दा निरुपण गर्ने उदेश्यले अदालतबाट स्वीकृति लिइ अनुसन्धान अगाडि बढाएको र सोही क्रममा अग्रवाललाई हिरासतमा राखिएको बताउनु भएको छ ।
अग्रवाल विरुद्ध उजुरी दिने ठाकुर स्वयम द्वयध नागरिक भएको खुलासा
Facebook Comments Box