सहारा दैनिक

spot_img
Homeअपराधलागु औषध सहित दुई जना पक्राउ

लागु औषध सहित दुई जना पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ साउन ।
पर्सा प्रहरीले ंप्रतिबन्धित लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका अस्थायी प्रहरी पोष्ट ईनर्वागाउबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ ईनर्वागाउ स्थित सडकखण्डबाट ंप्रतिबन्धित लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
चेकिङ टोलीले भारतको रक्सौलबाट नेपालतर्फ शंकाष्पदरूपमा पैदल आउदै गरेको बारा जिल्ला कोल्बी न.पा.वडा नं.७ बस्ने २१ वर्षीय कनिल पौडेल र २० वर्षीया प्रेरणा पौडेललाइ रोकेर खानतलासी गर्दा निजहरूले बोकेको कालो जेब्राझोलाभित्र ल्ष्तचबखभत–ज्ञण् लेखिएको २९४ पिस ट्याब्लेट फेला परेको जिप्रकाले जनाएको छ ।
प्रतिबन्धित लागु औषध ल्ष्तचबखभत फेला परे पछि निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -