सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ साउन ।
प्रतिबन्धित विभिन्न लागु औषध सहित प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त चेकिङ टोलीले विभिन्न लागु औषध सहित प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको हो ।
संयुक्त चेकिङ टोलीले वीरगंज भन्सार कार्यालय अगाडी बिहिवार सिमावर्ती भारतीय सहर रक्सौलबाट नेपालतर्फ शंकाष्पदरूपमा आउदै गरेका भारत विहार जि.मोतीहारी सकराहा थाना वडा नं.९ को धुरेन्द्र राम र निजकी श्रीमती मधु देवी लाई रोकेर खानतलासी गर्दा निजहरूले बोकेको सेतो बोराभित्र त्च्इज्ब्–ःछण् लेखिएको ४४८ पत्तामा १० पिसको दरले ४४८० पिस ट्याब्लेट र काटेको २४ पिस ट्याब्लेट गरी जम्मा ४,५०४ पिस ट्याबलेट फेला परे पछि निजहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध सशित नियन्त्रणमा लिइएका राम दम्पतीहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments Box