सहारा दैनिक

spot_img
Homeदेशभारतका विदेश सचिव दुई दिने भ्रमणमा नेपाल आउदै

भारतका विदेश सचिव दुई दिने भ्रमणमा नेपाल आउदै

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ साउन ।
भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा आउने भएका छन ।
नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्क्रणामा विदेश सचिव वित्रम मिस्री साउन २७ देखि २८ गते सम्म नेपालको औपचारिक भ्रमणमा आउनुहुनेछ ।
विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदान प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसंगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ भारतीय दुतावासले जनाएको छ ।
भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनता बीचको सम्बन्ध रहेको छ, र भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको दुतावासले जनाएको छ ।
विदेश सचिवको भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन अवसर हुने विश्वास लिइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -