सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ साउन ।
पर्सा सुनचाँदी व्यवसायी संघ वीरगंजका अध्यक्षको मनोपोली उपर जिल्ला प्रशासन कार्यालयले अंकुश लगाएको छ ।
संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समेत वेवास्ता गरी गतिविधि गर्ने र त्यसको विरोध गर्दा बहुमतको दम्भमा पदाधिकारी माथिनै विधान विपरित कारवाही समेत गर्न थाले पछि जिल्ला प्रशासन कार्यालय पर्साले अंकुश लगाएको हो ।
संघका अध्यक्ष भुलन सर्राफको कार्यकाल समाप्त भइ सक्दा पनि पछिल्लो ३ वर्ष देखि साधारणसभा समेत नगरी बहुमतकै दम्भमा कार्यकाल एक वर्ष थप्दा जिल्ला प्रशासनले विधान बमोजिम अधिवेशन गर्न पटक–पटक दवाव दिए पछि बल्ल ६ महिना पछि साउन ३२ गते अधिवेशन तोकिए पनि अध्यक्ष भुलन सर्राफले संघको विधान विपरितका गतिविधि गर्न नछाडे पछि कार्य समितिकै पदाधिकारी सहित सदस्यहरुको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रवार पत्राचार गरेको अध्यक्षका उम्मेदवारी प्रवेश सर्राफले जानकारी दिनु भयो ।
भुलन सर्राफले नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्वाचनमा सहभागिताका लागी संघका केही पदाधिकारी सहित कार्य समिति सदस्यहरुलाई नै हटाएर बाहिरी व्यक्तीलाई विधान विपरित प्रतिनिधि पठाएका थिए ।
त्यसको विरोध गरेकै निहुमा संघका उपाध्यक्ष जय प्रकाश सर्राफ र सचिव लक्ष्मण प्रसाद साहलाई विधान विपरित निस्काशन गरेका थिए भने पुनः निर्वाचित हुन भुलन सर्राफले अधिवेशन एवं निर्वाचन घोषाणा भइ सकेपछि विधान विपरित मतदाता थप्ने कार्य गरेको भन्दै संघका पदाधिकारी सहित अधिकांश सदस्यहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
उक्त उजुरी सम्बन्धमा अध्ययन गरी शुक्रवार जिल्ला प्रशासन कार्यालयले संघलाई पत्राचार गरी निस्काशन गरिएकाहरुको सदस्यता नविकरण गर्न र विधान विपरित थपिएका सदस्यहरुको ख्यतष्लन च्ष्नजतक नदिन निर्देशन दिएको छ ।
यसै विच भुलन सर्रार्फले जय प्रकाश सर्राफ र लक्ष्मण प्रसाद साह उपर गरेको कारवाही फुकुवा हुने गरी जिल्ला प्रशासन कार्यालयले निर्देशन दिए पछि उनीहरुलाई सम्मान गरिएको छ ।
संघका अगुवा एवं अध्यक्ष पदका उम्मेदवार प्रवेश सर्राफ, संघका सल्लाहकार एवं जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफले संघका अधिकांश सदस्य एवं व्यवसायीहरुको उपस्थितिमा जय प्रकाश सर्राफ र लक्ष्मण प्रसाद साहलाई सम्मान गरिएको हो ।
जिल्ला प्रशसन कार्यालयले संघलाई विधान बमोजिम ७ बुन्दे निर्देशन जारी गरिएको छ ।
पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्षको मनोपोली उपर प्रशासनको अंकुश
Facebook Comments Box