सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ साउन ।
रास्ट्रिय दलित पत्रकार संघ , पर्साद्वारा आयोजित निशुल्क आँखा शिविरमा १५३ जनाको आँखा परिक्षण गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १७ स्थित कुहडिमा आयोजित निःशुल्क आँखा शिबिर परिक्षण गरिएका १५३ जना मध्ये ६० जनामा मोतिया विन्दु फेला परेको जनइएको छ ।
संघको अध्यक्ष श्याम पासवानको सभापतित्वमा आयोजित शिबिरमा वडा नं. २७ का अध्यक्ष हृदय नारायन कुर्मीको आँखा परिक्षण गराइ उद्घाटन गरिएको थियो ।
वीरगंज सामुदायिक आँखा अस्पतालको सहयोगमा आयोजित शिविरमा फेला परेका मोतियाबिन्दका आँखा विरामीको साउन २७ गते निशुल्क शल्यक्रिया गरिने अस्पतालका संचालक डा.महेश्वर धामीले जानकारी दिनु भयो ।
शिबिरमा नेकपा एकीकृत सामाजबादीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा , रास्ट्रिय दलित पत्रकार संघका सल्लाहकार द्वय बृजलाल पासवान , सुबास राम , दलित आगुवा प्रभु पासवान , शंकर कर्ण दलित अभियान्ता लिला राम , स्थानीय अगुवा तथा सामुदायिक प्रहरी लगायतको उपस्थिती रहेको थियो ।
Facebook Comments Box