सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ साउन ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतका कार्यालयहरुले १२ लाख भन्दा बढिको अबैध प्याज लोड ट्रक र मोबाईलको डिस्पले नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले गाडीहरूलाई रोकेर चेक जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. १२ लाख ३३ हजार ५ सय बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजमा वीरगंजबाट नारायणघढ तर्फ जादै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रुबाहक बसमा लोड गरेको अं.मुल्य रू.७ लाख ३३ हजार ५ सय मुल्य बराबरको बिभिन्न किसिमका मोबाईलको डिस्पले ४८९ पिस नियन्त्रणमा लिएको जिप्रका बाराले जनाएको छ ।
त्यसै गरी प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले पथलैया चोकमा रौतहटबाट कास्की तर्फ जादै गरेको प्र.२–०३–००१ ख ०९५६ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल विजक भन्दा बढि प्याज लोड रहेको देखिए पछि अं.मुल्य रू.५ लाख बराबरको १ हजार किलो प्याज नियन्त्रणमा लिएको जनाइएको छ ।
Facebook Comments Box