सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० साउन ।
सशस्त्र प्रहरी बल पर्साले बरामद गरेको भन्सार छलीका सामानहरु भन्सार कार्यालयमा दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थ्ति विभिन्न सिमानाकाहरुबाट बरामद गरेको भन्सार छलीका सामानहरु वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको हो ।
स. प्र. बल नेपाल प्र.सी.सु. गुल्म वीरगंजबाट आइतवार खटीएका टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्बजनिक सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा रु. १० लाख ६३ हजार ८ सय २३ मुल्य बराबरको कपडा, किराना सामान, मोटरपार्टस, हार्डवयर/ पलम्विंगको सामान र कस्मेटिक सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
Facebook Comments Box