सहारा दैनिक

spot_img
Homeअपराधजबरजस्ती करणी मुद्दामा फरार अंसारी पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार अंसारी पक्राउ

हारा संवाददाता–––––––––––––––
कलैया, २० साउन ।
नौ वर्ष कैद भएका फरार प्रतिवादी बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी कारवाहीको सिलसिलामा अस्थाई प्रहरी पोष्रुट बसपार्क कलैया, बाराबाट खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट ९ वर्ष ६ महिना १५ दिन कैदको आदेश पश्चात फरार रहेका बारा जिल्ला कलैया उप–महानगरपालिका वडा नं.६ मदर्शाटोल बस्ने अं.वर्ष २७ को ईम्तियाज अंसारीलाई शुक्रवार राती खोज तलाश गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्याल्य बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकरी दिनु भयो ।
पक्राउ परेका अंसारीलाई जिल्ला अदालत बारामा दाखिला गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -