सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ साउन ।
निरन्जन अग्रवाल नागरिकता प्रकरणमा दलाल र किर्तेवाजहरुको चंगुलमा पर्सा प्रहरी फसेको जानकारहरुले आशंका व्यक्त गर्न थालेका छन ।
नटवरलाल एवं ब्लेकमेलरका रुपमा परिचित नरेश ठाकुरको निवेदनको आधारमा उद्योगी एवं समाजसेवी निरन्जन अग्रवाललाई पक्राउ गरेको पर्सा प्रहरीले जुन प्रमाणको आधारमा अनुसन्धान अगाडि बढाएको छ त्यो कागजात पहिले नै नक्कली सावित भइ सकेको जानकारहरुले बताएका छन ।
निरन्जन अग्रवालको नागरिकता सम्बन्धमा पछिल्लो दुई दिन देखि प्रहरीलाई उद्दत गरी केही संचार माध्यमले प्रकाशन गरेको समाचारमा जिकिर गरेको अग्रवालको सवारी चालक अनुमती पत्र (लाइसेन्स) र पासपोर्टका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले नै विगतमा अनुसन्धान गरी उक्त आधारलाई नक्कली सावित गरिसकेको छ भने अग्रवाल भारतीय भएको कुनै पनि आधार प्रमाण फेला नपरेको समेत पुष्टि गरिसकेको छ ।
विगतमा अग्रवालकै साझेदार रहेका अजय अग्रवालका छोरा राहुल अग्रवालले निरन्जनको लाइसेन्सको स्केनिंग गरेर कम्प्युटर मार्फत केरमेट गरी अनावस्यक शब्दहरु उल्लेख गरी केही संचारकर्मीलाई वितरण गरेका थिए भने केही व्यक्ती मार्फत जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत दिन लगाएका थिए ।
त्यती वेला दलालहरुले निरन्जन अग्रवाललाई भारतीय देखाउन जिल्ला प्रशसन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा पेश परेको प्रमाणको रुपमा लाइसेन्स र पास्पोर्ट सम्बन्धी कागजात बारे यातायात कार्यालय, भारतीय महावाणिज्यदुतावास र परराष्ट्रमन्त्रालय मार्फत अनुसन्धान गरी उक्त कागजातलाई आधारहिन एवं नक्कली सावित गरिसकेको थियो भने जिल्ला प्रशासन कार्यालयले अब अनुसन्धान गर्नु नपर्ने समेत निर्णय पनि गरेको थियो ।
अहिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने नरेश ठाकुरले जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिएका थिए ।
त्यहाबाट केही शिप नलागे पछि जिल्ला प्रहरीमा उजुरी दिए पनि विगतका प्रहरी प्रमुखहरुले ठाकुरको उजुरी र अग्रवालको नागरिकता सम्बन्धमा पछिल्ला अनुसन्धानलाई मध्य नजर गरी वेवास्ता गर्दै आएका थिए ।
तर अहिले निरन्जनका केही व्यवसायी प्रतिद्वन्दी शक्तीमा पुगे पछि ठाकुर कै उजुरीलाई हतियार बनाएर निरन्जन विरुद्ध प्रहरीलाई प्रयोगरेको हुन सक्ने एक व्यवसायी नेताले आशंका व्यक्त गरेका छन ।
पर्सा प्रहरीले अग्रवाललाई पक्राउ गरेको घट्नाबाट त्रसित उद्योगी व्यवसायीहरु खुलेर बोल्न नचाहे पनि वर्तमान सरकारको उद्योगी व्यवसायी भगाउ अभियानको रुपमा यो घट्ना बारे व्याख्या गर्न थालेका छन ।
विभिन्न व्यक्तीले दिएको एउटै प्रकृतिको उजुरीको विषयमा जिल्ला प्रशसन कार्यालयले अग्रवालको नागरिकता सम्बन्धमा अनुसन्धान गर्नु नपर्ने भनी तिन पटक निर्णय गरिसक्दा पनि सोही विषयलाई लिएर पुनः अनुसन्धानको नाममा पर्सा प्रहरीले अग्रवललाई पक्राय गरी अदालतबाट म्याद थप अनुमती लिएको छ ।