सहारा दैनिक

spot_img
Homeअर्थ६४ लाख बराबरको सामान सहित ट्रक नियन्त्रण

६४ लाख बराबरको सामान सहित ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
कलैया, १६ साउन ।
बारा प्रहरीले रु. ६४ लाख ५८ हजार बराबरको अबैध समान नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले रु. ६४ लाख ५८ हजार बराबरको अबैध समान नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलिले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित वीरगंजबाट काठमाण्डौं तर्फ जांदै गरेको ना ५ ख ७१६६ नम्बरको डिब्बे ट्रकलाई रोकेर चेज जांच गर्दा सपोटीङ बिल नभएको र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६४ लाख ५८ हजार २ सय ७४ रूपैया बराबरको लोड रहेको इलेक्ट्रोनिक गुड, लिष्टिक र वाईरिङको सामानहरु समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -