spot_img
Homeदेशनागरिकता सम्बन्धमा केही गर्नु नपर्ने भन्दै जिल्ला प्रशासनबाट सफाइ पाएका अग्रवाललाई पर्सा...

नागरिकता सम्बन्धमा केही गर्नु नपर्ने भन्दै जिल्ला प्रशासनबाट सफाइ पाएका अग्रवाललाई पर्सा प्रहरीले पक्राउ गर्‍यो

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ साउन ।
जिल्ला प्रशासन कार्यालयबाट सफाइ पाउने गरी मुद्दा निरुपण भइ सइसकेको भए पनि सोहि विषयलाई लिएर पर्सा प्रहरीले निरन्जन कुमार अग्रवाललाई पक्राउ गरेको छ ।
अग्रवालले जन्मको आधारमा लिएको नेपाली नागरिकताका विरुद्ध नटवरलालका रुपमा परिचित नरेश ठाकुरले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले अग्रवाललाई पक्राउ गरेको जनाइएको छ ।
अग्रवालको नागरिकता विरुद्ध विभिन्न नक्कली कागजात पेश गरेर विगतमा नरेश ठाकुर समेत विभिन्न व्यक्तीले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा, परराष्ट्र मन्त्रालयको वीरगंज सम्पर्क कार्यालय र स्वयम जिल्ला प्रशासन कार्यालयले समेत अनुसन्धान पश्चात अग्रवालको नागरिकता सम्बन्धमा कुनै किसिमको छानविन तथा अनुसन्धान केही गरिरहन नपर्ने देखिएको भन्दै मिशिल तामिलेमा राख्ने जिल्ला प्रशासन कार्याल्य पर्साले मिति २०७१ कार्तिक २३ गते नै सफाई दिएको प्रमाणीत आदेश प्रती राष्ट्रिय सहारा दैनिकलाई प्राप्त भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले २०७१ कार्तिक २३ गते गरेको आदेशमा “निवेदकले निवेदन साथ निज बिपक्षी भारतीय भएको जनाउन कुनै कागजात, साबुत प्रमाण नराखी ठाडो निवेदनको भरमा बिपक्षी भारतीय हो भनी दावी गरेको देखिएको र विपक्षीले पेश गरेको जन्मदर्ता प्रमाण पत्रका आधारमा निजको जन्म ऐनको दफा ४ बमोजिम सम्वत् २०४६ साल चैत्र मसान्त सम्म भन्दा अधि नेपालमा भएको देखिएको, नियमावलीको नियम (१) क बमोजिम निज विपक्षी उक्त स्थानमा स्थायी रुपले बसोबास गरको भनी स्थानीय निकाय (वीरगंज उपमहानगरपालिकाको कर्यालय ले गरिदिएको सिफारीश पत्र सलग्न रहेको देखिएको एवं नियममावलीको नियम ४(१) ख बमोजिम २०६२ मा निर्वाचन आंयोगले तयार पारेको मतदाता नामावलीमा निजको, निजको बाबु आमाको नाम समेत उल्लेख भएको देखिएकोले कुनै गैर नेपाली नागरिकको प्रमाण आधार नभएकोले यस कार्यालयको तत्कालीन प्र.जि.अ.बाट मिति २०७०।४।३ गतेमा मिसिल तामेल राखि दिन हुन आदेश भएको देखिन्छ ।” उल्लेख छ ।


त्यस्तै सो आदेशमा “सोही विषयमा छानवीन गर्दा यस कार्यालयको च.नं. ७२१२ मिति २०७१।२।१२ गतेकोबाट निज निरन्जन कुमार अग्रवाललाई उपस्थित गराई छानवीन कार्य शुरु गरिएको ।
छानवीनको क्रममा यस कार्यालयबाट सवारी चालक अनुमति पत्रको समबन्धमा नारायणी यातायात व्यवस्था कार्यालय बीरगंज पर्सामा मिति २०७१।२।२२ गतेको पत्र पठाईएको र भारतीय राहदानी पासपोट को सम्बन्धमा परराष्ट्र मन्त्रालयको सम्पर्क कार्यालय वीरगंजबाट छानवीनको मिति २०७१।५।१८ गतेमा पत्र पठाईएको देखिन्छ ।
यसमा नारायणी यातायात व्यवस्था कार्यालय बीरगंज पर्साको च.नं. ९५ मिति २०७१/२/२६ गतेको पत्रसाथ यस कार्यालयमा विवरण प्राप्त भएकोले सो विवरण कुनै भारतीय नागरिकको प्रमाण आधार नभएको तथा परराष्ट्र मन्त्रालयको सम्पर्क कार्यालय वीरगंजको च.नं.७८ मिति २०७१।७।१४ गतेको पत्रसाथ प्राप्त भएको कागजात सहित भारतीय महावाणिज्य दूतावासबाट भारतीय राहदानी (पासपोट) नम्बर भ्ज्ञद्धछटज्ञछठ निरन्जन कुमार अग्रवालको नाउमा जारी नभएको र जिल्ला प्रहरी कार्यालयबाट वीरगंजको च.नं.३८१२ मिति २०७१।७।१६ गतेबाट विवरण सोही अनुसार प्राप्त हुन आएकोले यसमा कुनै किसिमको छानवीन तथा अनुसन्धान केहि गरी रहुन नपर्ने देखिएकोले पहिले मिसिल तामेल भएको मिसिलको साथ समावेश गरी मिसिल तामेलमा राखी दिन हुन उपयुक्त देखिन्छ ।” भनी प्रष्ट उल्लेख रहेको छ ।
तर पनि सोही विषयलाई लिएर ठाकुरले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार पक्राउ गरे पनि अदालत पेश नगरी हिरासतमा राखेको अग्रवालका परिवारजनले जनाएका छन ।
जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले भने २०७६ सालमा मुद्दा परेको विषयलाई लिएर अनुसन्धान गरिरहेको बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -